Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • पाल्पामा थप दुई जना कोरोना संक्रमितको मृत्यु


    बुधबार, मंसिर १७ २०७७
    2.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पाल्पामा थप २ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।

    पाल्पा र स्याङजाका थप एक/एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएकाे लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले जनाएकाे छ।

    पाल्पाको बगनासकाली गाउँपालिका-१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका-४ का ३९ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

    मेडिकल कलेजका अनुसार पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको र १४ गते अस्पताल भर्ना भएका थिए ।

    मंसिर १ गते अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार