Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अपहरण गरी फिरौती असुल्ने ‘डेभिड’ डन जेल चलान


    मंगलबार, मंसिर १६ २०७७
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। मलेसियामा आफ्नै कामदारलाई अपहरण गरी फिरौती असुलेको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी )ले पक्राउ गरी मुद्दा चलाएका दुर्गाबहादुर श्रेष्ठ ‘डेभिड’जेल चलान भएका छन्।

    डेभिडलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ । सिआईबीले डेभिडलाई गत असोज १३ गते महाराजगन्जबाट पक्राउ गरेको थियो ।

    सिआईबीले पक्राउ गरेको दुई महिनापछि जिल्ला अदालत काठमाडौंमा डेभिडलाई पेश गरेको थियो ।  थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले डेभिडलाई पुर्पक्षका लागि जेल पठाउने फैसला गरेको हो ।

    प्रहरीका अनुसार उनीविरुद्ध गत जुन महिनामा जाहेरी परेको थियो ।

    मलेसियामा रहँदा डेभिडले आफ्नै रेष्टुरेन्टमा काम गर्ने दाङका मोहम्मद रैदासलाई अपहरण गरेको जाहेरी परेको थियो। रैदास पनि सिआईबीको पहलमा नेपाल फर्किएर जाहेरी दिएका थिए।

    पीडितकी श्रीमतीले श्रेष्ठविरूद्ध जाहेरी दिएकी थिइन्।

    सोही जाहेरीको आधारमा प्रहरीले उनविरुद्ध पक्राउ पूर्जी जारीसमेत गरेको थियो। डेभिड मलेसियाबाट काठमाडौं फर्किएको सूचना पाएपछि सिआईबीले उनलाई खोजी गरी पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार