Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कालोबजारी गर्ने ८ कम्पनीमाथि कारबाही


    मंगलबार, मंसिर १६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध गतिविधि गर्ने ८ कम्पनीलाई कारबाही गरेको छ । विभागद्वारा सञ्चालित दैनिक बजार अनुगमनका क्रममा कालोबजारी गरेको पाइएपछि कारबाहीमा परेका हुन् । 

    विभागको कारबाहीमा पर्नेमा काठमाडौं टोखा ५ स्थित बुढाथोकी हार्डवयर, कामनपा ९ स्थित न्यू शिव खाद्य भण्डार, कामनपा ८ मदन दास इन्टरप्राइजेज, कामनपा ३२ सूर्यचन्द्र इन्टरप्राइजेज, ललितपुर १४ स्थित निड्स मार्ट प्रा.लि र सोफिया स्टोर र ललितपुर महानगरपालिका ९ स्थित नखिपोट मिनी मार्ट रहेका छन् । 

    उक्त कम्पनीहरु मार्फत विभागले कुल १ लाख २१ हजार रुपैयाँ जरिवान असुल गरेको छ ।  मंगलबारको बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध गतिविधि सञ्चालन गरेको कारबाही गरेको पाइएपछि उक्त कम्पनीहरुलाई ऐन बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार