Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको रिङ लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ


    शुक्रबार, असार १५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौं महानगरपालिका-३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका-१२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका छन् ।

    पीडितको घरमा भिख माग्ने बहाना बनाई आएका देवु र जेलिनाले दुवै कानमा लगाएको सुनको रिङ्ग लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार