Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २४ घण्टामा २ हजार ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त


    मंगलबार, मंसिर १६ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    यो सँगै नेपालमा  २ लाख १६ हजार ५ सय ९४ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९२ दशमलब ३ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन्। 

    मन्त्रालयका अनुसार ८ हजार ५ सय ८५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख ४६ हजार ३ सय ३०  जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार ६ सय १६ जना क्वारेन्टाइनमा छन्।  नेपालमा १६ हजार ६ सय ३३ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार