लहान । सिरहा नगरपालिका–१५ बुधौरास्थित सीमा इलाकाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
असार ११ गते राति १२ वटा साइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा सो मदिरा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मार्डरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको फौजले बरामद गरेको हो ।
बरामद मदिरामा विभिन्न ब्राण्डको ह्विस्की र बियरसहित साना ठूला गरी १ हजार ४२ वटा बोतल र सोफी ब्राण्डको ६० कार्टुन रहेको छ । मदिरा नियन्त्रणमा लिने क्रममा तस्कर समूह र सशस्त्र प्रहरीबीच खोसाखोस हुँदा करीव १ सय बोतल मदिरा फुटेर नष्ट भएको छ ।
बरामद मदिरा तथा साईकल आवश्यक कारवाहीका लागि जम्मा ३ लाख ३५ हजार रुपैयाँ कायम गरी सम्बन्धित निकायमा बुझाइएको छ ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend