Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालयौन दूराचारको आरोपमा ६० वर्षीय फ्रान्सेली नागरिक पक्राउ


    मंगलबार, मंसिर १६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले बाल यौन दूराचारकाे आरोपमा फ्रान्सेली नागरिकलाई पक्राउ गरेको छ ।

    पोखरा महानगरपालिका-१७ बरौता पावर हाउस फुर्सेखोला बगर किनारबाट ६० वर्षका क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई  साेमबार पक्राउ गरेको सिआईबीले जनाएकाे छ।

    प्रहरीका अनुसार उनले ७ वर्ष, ८ वर्ष र १२ वर्षका ३ नाबालकलाई बाल यौन दूराचार गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

    उनीविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार