Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध


    बुधबार, असार १३ २०८१
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । मुग्लिङ नारायणगढ सडकखण्डमा पहिरो जाँदा सडक एकतर्फी संचालनमा आएको छ ।

    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।

    डिभिजन कार्यालयले सडक दुईतर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ गएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार