Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • दुई समूहबीच झडप हुँदा एकको मृत्यु, १२ जना घाइते


    मंगलबार, मंसिर १६ २०७७
    2.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बाँकेमा भएकाे झडपमा एकजनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् । 

    पूर्णिमाको अवसरमा लागेको मेलामा दुई समूहबीच झडप हुँदा जानकी गाउँपालिका–५ का गुरूगाउँका ५४ वर्षीय धनीराम यादवकाे मृत्यु भएकाे हाे ।

    स्थानीय २३ वर्षीय बाबु यादव र २३ वर्षीय राम नरेश गुप्ताबीच पूर्व रिसिबीका कारण भएको विवादमा दुई पक्षबीच झडप हुँदा धनीरामको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार सोही विवादलाई लिएर दुवै पक्षका मानिसहरु बानियाँगाउँमा भेला भई आपसी झै-झगडा एवं कुटपिट हुँदा धनीराम गम्भीर घाइते भएका थिए । उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

    १२ जना घाइते मध्ये दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको र अन्य १० जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय बाँके र सशस्त्र प्रहरी गण खजुरा बाँकेबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न १४ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार