Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • भारतको लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित


    बुधबार, असार १३ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित भएका छन् । एनडीए गठबन्धनबाट सभामुखका उम्मेदवार बनेका बिरलालाइ ध्वनि मतबाट सभामुख चुनिएको हो ।

    बिरला दोस्रो पटक सभामुख बनेका छन् । यस अघिको लोकसभाको कार्यकालमा पनि उनी नै सभामुख बनेका थिए ।

    सभामुखको चयनमा सत्ता पक्ष र विपक्षी दलहरुबीच सहमतिको प्रयास गरिएको भए पनि त्यो असफल भएको थियो । सहमति नबनेपछि विपक्षी दलले के सुरेशलाई सभामुखको उम्मेदवार बनाएको थियो ।

    बिरला सभामुख पदका लागि निर्वाचित भएपछि उनलाई प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका नेता राहुल गान्धीले बधाई दिएका छन् ।

    भारतको लोकसभामा ५४३ सिटमा अहिले एनडीए गठबन्धनको पक्षमा २९३ मतका साथ बहुमतमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार