Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओखलढुंगामा १४ वर्षीय किशोरी बलात्कृत, सन्तान जन्मिएपछि आरोपी पक्राउ


    मंगलबार, मंसिर १६ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ओखलढुंगा । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका-२ का २९ वर्षीय वीर बहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएकाे छ । उनीलाई सोमबार बेलुका पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

    वीर बहादुरले २०७६ फागुन २८ गते ती किशोरीलाई उनकै कोठामा जबरजस्ती करणी गरेका थिए ।

    त्यसै बेला किशोरी गर्भवति भएकी थिइन् । उनले गत शनिबार छोरीको जन्म दिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार