Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • किम जोङ उनले चिनियाँ कोरोनाविरूद्दकाे खोप लगाएकाे अमेरिकी विज्ञकाे दावी


    मंगलबार, मंसिर १६ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । चीनले किम जोङ उन र उनको परिवारलाई कोरोना भाइरसविरूद्दकाे खोप दिएको खुलासा भएकाे छ।

    किम र उनको परिवारलाई आफ्नो कोरोना भाइरस खाेप दिएको एक अमेरिकी विश्लेषकले दुई अज्ञान जापानी इन्टेलिजेन्स स्रोतलाई उद्धृत गर्दै दावी गरेका छन् ।

    वाशिङटनको सेन्टर फर नेशनल इन्ट्रेस्ट थिंक ट्यांकका उत्तर कोरिया विज्ञ ह्यारी कजियानिसले किम परिवार र कैयौं उत्तर कोरियाली बरिष्ठ अधिकारीहरुलाई भ्याक्सिन दिइएको बताएका छन्।

    कुन चिनियाँ कम्पनीले किम परिवारलाई भ्याक्सिन उपलब्ध गरायो र यो भ्याक्सिन कसरी सुरक्षित प्रमाणित भयो भन्ने स्पष्ट छैन ।

    ‘किम जोंग उन र अन्य कैयौं उच्च पदस्थ अधिकारीहरुलाई विगत २ देखि ३ हप्ताभित्र कोरोनाभाइरसविरुद्ध भ्याक्सिन लगाइएको छ । चीनले आपूर्ति गरेको भ्याक्सिनलाई धन्यवाद’ कजियासनसले अनलाइन आउटलेट नाइन्टिनफोर्टिफाइभको लागि लेखेको एक लेखमा लेखेका छन् ।

    अमेरिकी मेडिकल वैज्ञानिक पिटर जे होटेजलाई उद्धृत गर्दै उनले सिनोभ्याक बायोटेक, क्यान्सिनो बायो र सिनोफार्म ग्रुपसहित कम्तीमा तीन चिनियाँ कम्पनीहरुले कोरोनाभाइरस भ्याक्सिन विकास गरिरहेको उल्लेख गरेका छन् ।

    समाचार एजेन्सी रोयटर्सको रिपोर्टअनुसार सिनोफार्मले उसको भ्याक्सिन चीनमा करिब १० लाख मानिसहरुलाई दिएको बताएको छ । तर, यी तीनमध्ये कुनै पनि कम्पनीले फेज ३ ट्रायलको नतिजा सार्वजनिक गरेका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार