Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सामान्य विवादमा छिमेकीकाे हत्या, एकजना पक्राउ


    मंगलबार, मंसिर १६ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • राैतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले हत्या गरेकाे आराेपमा एक जनालाई पक्राउ गरेकाे छ।

    पक्राउ पर्नेमा वृन्दावन नगरपालिका-३ का रवि राम रहेका प्रहरीले जनाएकाे छ ।

    वृन्दावन नगरपालिका-३ का १८ वर्षीय नन्दकिशोर रामको हत्या गरेकाे आराेपमा उनलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

    उनहरू दुवैजना छिमेकी हुन् । प्रहरीका अनुसार १९ वर्षीय रविले सामान्य विवादमा चक्कु प्रहार गरेको खुलेको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार