बुटवल । रूपन्देहीकाे भैरहवास्थित भीम अस्पतालमा थप एकजना कोरोना संक्रमीतको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका-३ का ९८ वर्षीय पुरुष हुन् ।
उनको गएराति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए ।
मंसिर ११ गते कोरोना पोजिटिभ देखिएका उनलाई मंसिर १२ मा भीम अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई श्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ ।