Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्राउन सुगरसहित दुई जना पक्राउ


    मंगलबार, मंसिर १६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा धरान–३ का रेहान अन्सारी र विक्की श्रेष्ठ रहेका छन् । प्रहरीले उनीहरूलाई धरानबाट पक्राउ गरेकाे हाे । 

    प्रहरीले रेहानलाई ३५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको आधारमा सोधपुछ गर्दा विक्कीबाट खरिद गरेको जानकारी पाएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार रेहान प्रयोगकर्ता हुन् भने विक्की कारोबारी हुन् । उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान सुरू भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार