Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्कीको कृषि मन्त्रालयमा पदस्थापनः सँगै बढुवा भएका दुई सचिव अतिरिक्तमा


    मंगलबार, मंसिर १६ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले बिहीबार बढुवा गरेका ३ सचिवमध्ये योगेन्द्रकुमार कार्कीलाई कृषि मन्त्रालयमा पदस्थापन गरेको छ । उनीसँगै बढुवा भएका प्रशासन समूहका गोकर्णमणि दुवाडी र इन्जीनीयरीङ समूहका सुरेश आचार्यको पदस्थापन नगरी अतिरिक्त समूहमा राखेको छ । कार्की कृषि मन्त्रालयमा निमित्त सचिवका रुपमा कार्यरत थिए । उनको त्यही मन्त्रालयमा पदस्थापन भएको छ ।

    यसैबीच, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव  रामकृष्ण सापकोटा पनि उमेरहदका कारण २०७७ मंसिर १५ मा अवकाश भएका छन् । उनी अवकाश भएपछि रिक्त सचिव पदमा सहरी विकास तथा भवन विभागका महानिर्देशक मणिराम गेलालको बढुवा हुनेछ ।

    साथै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव प्रकाश माथेमा मंसिर १ मा अवकाश भएपछि रिक्त भएको पदमा बढुवा समितिले तीन सहसचिवको नाम सिफारिस गरेको छ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिले वन मन्त्रालयका कर्णाली प्रदेशका भूमिब्यवस्था तथा कृषि सचिव डा कृष्णप्रसाद आचार्य, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक पेमनारायण कँडेल र प्रदेश नम्बर १ को भूमिब्यवस्था तथा कृषि सचिव निरु पाण्डेको नाम सिफारिस गरेको हो ।

      कृषितर्फका गोविन्द शर्मा आचार्य र विमलकुमार निर्मल बरिष्ठ सहसचिव भए पनि उनीहरुको कार्यसम्पादन मूल्यांकनको नम्बर काटिब्एकाले सचिव बढुवा सिफारिसमा पर्न सकेनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार