Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपाको सचिवालय बैठक बस्दै, प्रचण्ड र ओलीका आ आफ्नै रणनीति


    मंगलबार, मंसिर १६ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज दिउँसो १ बजे धुम्बाराहीमा बस्दैछ । यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुँदैआएको बैठक आज पार्टी कार्यालयमा राखिएको छ । यद्यपि कोरोना संक्रमणलाई मध्येनजर गरी बालुवाटारमै राख्नुपर्ने पक्षमा प्रधानमन्त्री ओली छन् ।  

    सत्तारुढ दल नेकपाको आजको बैठकलाई चासोका साथ हेरिएको छ । आजको बैठकले के निर्णय गर्ला भन्ने जिज्ञासा नेकपाका नेता–कार्यकर्तामात्र होइन, सबैलाई छ ।  प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का आरोप–प्रत्यारोपयुक्त प्रस्ताव दर्ता भइसकेकाले आज त्यसमा छलफल हुने बताइएको छ । ओली र दाहाल दुवै सोमबार दिनभर आफू निकट नेताहरुसँग आजको बैठकको तयारीबारे छलफलमा जुटेका थिए । आजको बैठकले दुवै अध्यक्षका प्रतिवेदनमा भएका आरोपहरु फिर्ता लिएर एउटै प्रतिवेदन बनाएर पार्टीलाई विभाजनबाट जोगाउनुपर्ने धारणाहरु पनि प्रकट भइरहेका छन् । नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले आजको बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिने अपेक्षा राखेका छन् ।

    आजको सचिवालय बैठकले दुवै अध्यक्षबाट सर्वसम्मत प्रस्ताव आउन नसके दुवै छलफलका लागि मंसिर १८ मा बस्ने स्थायी समितिलाई दिने नेकपाका नेता नेकपाका एक केन्द्रीय सदस्य बताउँछन् । सचिवालयमा प्रधानमन्त्री केपी ओलीको पक्षमा ४ र प्रचण्डको प्रस्तावको पक्षमा ५ जना देखिएका छन् । प्रधानमन्त्री ओलीले सचिवालयमा बहुमत पुर्याउनका लागि उपाध्यक्ष वामदेव गौतमलाई प्रभावित पार्न महासचिव बिष्णु पौडेलदेखि उपप्रधानमन्त्री इश्वर पोखरेललाई पठाए पनि उनी टसको मस भएका छैनन् । पौडेल र पोखरेललाई गौतमले ओलीलाई दुवै पदबाट राजीनामा गराउन भूमिका खेल्नु भनेर पठाएको कुरा सार्वजनिक भएको छ ।

    सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्रीतिरै देखिएका छन् । तर मंसिर १३ मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा पूर्वमाओवादीलाई लगाइएका आरोपपछि उनी पनि नैतिक संकटमा परेका छन् । प्रचण्डको प्रस्तावमा सचिवालयका ५ सदस्यले अपनत्व लिएका छन् । तर ओलीको प्रस्तावमा महासचिव पौडेल, इश्वर पोखरेल र बादलले अपनत्व लिएको सार्वजनिक रुपमा स्वीकार गरेका छैनन् । पूर्वमाओवादी बृत्तमा बादल ओलीको प्रस्तावमा सहमत हुन नसक्ने आँकलन गरिरहेको छ । तर उनको मौनताले भने उनी ओलीको प्रस्तावको पक्षमा भएको सन्देश दिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार