काठमाडौं । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले नेपाल प्रहरीको एक एआइजी पदमा डीआइजी विश्वराज पोखरेलको नाम सिफारिस गरेको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।
समितिले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ९४० को प्रावधानअनुसार बढुवा सिफारिस गरेको हो । बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था रहेको छ ।
बढुवा सिफारिस गरिएका डिआइजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । उनको नाम एआइजी बढुवामा सिफारिस गरिएपछि कुनै काकताली परेन भने अब १८ महिनापछिको आइजीपी उनी नै हुने निश्चित भएको छ ।
यसअघि श्यामभक्त थापा आइजीपी हुँदा एआइजी राजेन्द्रबहादुर सिंह आइजीपी बढुवाका दाबेदार थिए । तर २०६२–०६३ को लोकतान्त्रिक आन्दोलनले उनी प्रहरी सेवाबाटै बर्खास्त भए । अपेक्षा नै नगरिएका ओमविक्रम राणा आइजीपी भएका थिए । अहिले पनि नेकपाको चरम विवा, गतिहीन प्रतिपक्षी र बढ्दो भ्रष्टाचारको ग्राफले राजावादीहरुको जुलुसमा सहभागी हुने क्रम बाक्लो देखिएको छ ।