काठमाडौं । प्रहरीले अरु स्वीमीङ पुल संचालन गर्नेहरुलाई लाइफगार्ड राखेर पौडी खेल्न आउनेहरुको जीवन सुरक्षित महसुस गराउनुपर्नेमा प्रहरीले नै संचालन गरेको महेन्द्र पुलिस क्लवको स्वीमीङ पुलमा लाइफगार्ड हटाएका कारण अनाहकमा एक किशोरले ज्यान गुमाउनुपरेको छ ।
नेपाल प्रहरीको कल्याणकारी कोषबाट संचालित महेन्द्र पुलिस क्लवको स्वीमीङ पुलमा स्वीमीङ गर्ने क्रममा १९ बर्षीय रौनक शाक्यको डुबेर निधन भएको हो ।
गएको असार ४ गते शाक्य पुलिस क्लवको स्वीमीङ पुलमा पौडी खेल्न गएका थिए । स्वीमीङ गर्ने क्रममा उनको डुबेर मृत्यु भएको थियो । स्वीमीङ पुलको ब्यवस्थापनको लापरबाहीका कारण भएको मृतक रौनककी आमा राजेश्वरी शाक्यको आरोप छ ।
शनिबार रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा राजेश्वरीले छोराको मृत्यु हेलचक्र्याईका कारण भएको बताइन् । उनले भनिन्–मैले पुलिस क्लवको स्वीमीङ पुलका भरतलाई चिनेकाले उनलाई सोधेर, कुनै खतरा छैन भनेपछि पठाएको थिएँ । तर छोरा स्वीमीङमा गएको २ घन्टापछि पुलिस क्लवबाट फोन गरी छोरा स्वीमीङ पुलमा डुबेकाले मोडल अस्पतालमा लगिएको भने । ‘म आत्तिंदै मोडल अस्पताल जाँदा छोराको सास बाँकी थियो, तर डाक्टरले उपचार नगरी त्यत्तिकै राखिएको थियो । यस्तो हजार बिन्ती गर्दा पनि डाक्टरले उपचार गरेनन् । बरु उसको मृत्यु भइसकेको बताए ।
पुलिस क्लबले उक्त घटनालाई सामान्य सोचेर बेवास्ता गरिरहेको पनि उनको भनाइ छ । पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका शाक्यको परिवारले घटनाको जिम्मा नेपाल प्रहरीको महेन्द्र पुलिस क्लबले लिनुपर्ने बताएका छन् ।
साथै, उनीहरुले परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दोषीलाई कानुन बमोजिमको कारबाही हु्नुपर्ने माग गरेका छन् । ‘अब मेरो छोरा त मैले फर्काउन सक्दिनँ । अब मजस्ता आमाहरुको छोराछोरीहरुको त्यसरी ज्यान नगुमोस्’– उनले भनिन् ।
महेन्द्र पुलिस क्लवको स्वीमीङ पुलमा लाइफगार्ड समेत नराखिएका कारण रौनकको डुबेर मृत्यु भएको थियो । कल्याण महाशाखाको प्रमुख हुँदा तत्कालीन एसएसपी केदार ढकालले लाइफगार्ड नराख्ने निर्णय गरेका थिए । जसका कारण पौडी खेल्ने क्रममा रौनकको मृत्यु भएको थियो ।
प्रहरी स्रोतका अनुसार यदि लाइफगवार्ड राखेको भए पोखरीमा डुब्नासाथ उद्दार गरी बचाउन सकिन्थ्यो । ढकाल हाल आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयका डीआईजी छन् । त्यही निर्देशनालय मातहत कल्याण शाखा पर्दछ । स्वीमीङपुलमा लाइफगार्ड राख्नैपर्छ । तर महेन्द्र पुलिस क्लवले लाइफगार्ड हटाएका कारण १९ बर्षीय शाक्यको डुबेर मृत्यु हुन पुगेको छ ।
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend