Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गाउँपालिकाको खर्चमा मन्त्री चढे हेलिकप्टर


    सोमबार, मंसिर १५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल हुम्लाको सर्केगाड गाउँपालिकामा अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरेर पुगेका छन् ।

    सोमबार बिहान मन्त्री रावलसहित सुर्खेतमा रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितको टोली नेपाली सेनाको हेलिकप्टर चार्टर्ड गरेर गएका सर्केगाड गएका हुन् ।

    गाउँपालिकाको रकमबाट हेलिकप्टरको भाडा व्यहोर्ने गरी मन्त्री रावल अस्पतालको शिलान्यास गर्न सर्केगाड पुगेको गाउँपालिका स्रोतले जनाएको छ । सर्केगाड मन्त्री रावलकै निर्वाचन क्षेत्र हो ।

    ‘मन्त्रीज्यू अस्पतालको शिलान्यास गरेर सुर्खेत फर्किसक्नुभएको छ । उहाँ गाउँपालिकाले चार्टर गरेको हेलिकप्टरमा जानुभएको थियो । मन्त्रालयले चार्टर गरेको हैन,’ रोकायाले मन्त्रीका स्वकीय सचिव नन्दबहादुर रोकायाले भने, ‘हुम्लामा अझै गाडी पुगेको छैन । हेलिकप्टरमा जाँदैमा यसलाई अन्याथै मान्नु पर्दैन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार