Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीविरुद्ध अख्तियारद्वारा मुद्दा दायर


    सोमबार, मंसिर १५ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय खजुरामा कार्यरत २ जना प्रहरीविरुद्ध मुद्दा दायर गरेकाे छ।

    घुस लिएको आरोपमा बाँकेको खुर्दस्थित इलाका प्रहरी कार्यालय खजुरामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) लुद्रबहादुर केसी र प्रहरी हवल्दार राजेशबहादुर द्वालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएकाे अख्तियारले जनाएकाे छ।

    सई केसी र प्रहरी हवल्दार राजेशले चिरान मिल र ईंट्टा भट्टामा आँप प्रजातिको काठ लैजान सहजीकरण गरिदिने भन्दै १३ हजार रुपैयाँ घुस लिएको पाइएपछि सोमबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

    अनुसन्धानको क्रममा सई केसी र हवल्दार राजेशले निजी जग्गामा रहेको आँप जातको काठ चिरान मिल र इट्टा भट्टामा लैजानको लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएपछि आरोप पत्र दायर गरिएको प्रवक्ता अधिकारीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार