Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लाखाैं रूपैयाँ ठगी गर्ने चौधरी पक्राउ


    सोमबार, मंसिर १५ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । महानगरीय अपराध महाशाखाले पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा रुपन्देही ओमसतिया गाउँपालिका-६ घर भई काठमाडाैं सोह्रखुट्टे बस्ने ३३ वर्षका शिव नारायण चौधरी रहेका प्रहरीले जनाएकाे छ ।

    उनले रुपन्देहीका २ जनालाई वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भनि विश्वास दिलाई राहदानी समेत लिई १६ लाख २५ हजार २५० रूपैयाँसमेत लिएका थिए ।

    पक्राउ परेका चाैधरीले आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाई अफर लेटर, भिषा लगायतका कागजातहरु नक्कली बनाई ठगी गरेकाे पीडितहरुको उजुरीको आधारमा चौधरीलाई हिजाे नियन्त्रणमा लिइएकाे महाशाखाले जनाएकाे छ ।

    उनलाई काठमाडाैंकाे सुन्धाराबाट पक्राउ गरीएकाे हाे । थप अनुसन्धान भइरहेकाे महाशाखाले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार