Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोषाध्यक्षमा हिराचन विजयी : उपाध्यक्ष ढकाललाइ सुरूवातमै धक्का!


    सोमबार, मंसिर १५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । उद्योग वाणिज्य महासङ्घको उपाध्यक्षको निर्बाचन परिणाम आएपछि बाँकी सहमतिमा चयन हुने पदलाई लिएर नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सुरुवातमै धक्का लागेको छ। सहमतिमा चयन हुने कोषाध्यक्ष पदलाई लिएर  ढकाललाई धक्का लागेको हो।

    स्रोतका अनुसार कोषाध्यक्ष पदमा सहमतिमा चयन हुन नसकेपछि त्यसको लागि पनि निर्वाचन भएको हाे। निर्वाचनमा किशोर प्रधान खेमाका सकुन्तलाल हिराचन र उपाध्यक्ष ढकाल खेमाको डिबी बस्नेत उत्रेका थिए।

    सोमबार भएको कार्यसमिति भित्रको निर्वाचनमा ४० मत प्राप्त गर्दै हिराचन कोषाध्यक्षमा निर्वाचित बनेका हुन् । उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले ३१ मत प्राप्त गरेका थिए ।

    कुल ७२ मत मध्येमा ७१ मत खसेको महासंघका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    हिराचन किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् । नवनिर्वाचित कोषाध्यक्ष हिराचनलाई आजै सपथ खुवाएर कार्यभार दिने महासंघले तयारी गरेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार