Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ४३३ कोरोना संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत


    सोमबार, मंसिर १५ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ३३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु÷र भेन्टिलेटरमा उपचाररत छन्। 

    मन्त्रालयको तथ्यांक अनुसार ५८ जना भेन्टिलेटरमा र ३ सय ७५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। 

    आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५९ जना आइसियु र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७२ जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३२ जना आइसियु र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा ४ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

    त्यस्तै सुदुरपश्चिममा ५ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९४ आइसियु र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन्। 

    आइतबार ४ सय १४ जना संक्रमित आइसियु÷भेन्टिलेटरमा उपचाररत रहेका थिए। 

    नेपालमा २ लाख ३३ हजार ४ सय ५२ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये २ लाख १४ हजार ५ सय २१ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ५ सय ८ जनाको मृत्यु भएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार