Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २४ घण्टामा १९३१ जना कोरोना संक्रमित संक्रमणमुक्त


    सोमबार, मंसिर १५ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ३१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    यो सँगै नेपालमा २ लाख १४ हजार ५ सय २१ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९१ दशमलब ९ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन्। 

    मन्त्रालयका अनुसार ९ हजार ९ सय ११ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख ३७ हजार ७ सय ४७  जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार ५ सय ३५ जना क्वारेन्टाइनमा छन्। नेपालमा १७ हजार ४ सय ३२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार