Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद् भवनमा कार्यरत प्रहरी जवानले आफैँलाई हाने गोली


    बुधबार, असार ६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद् भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैलाई गोली हानेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार २२ वर्षीय प्रहरी जवान अजित गोलेले संघीय संसदको शौचालयभित्र गएर आफैँमाथि गोली चलाएका हुन् ।

    संघीय संसद् सचिवालयले बानेश्वरस्थित सुरक्षार्थ खटिएका गोलेले आफैँमाथि गोली हानी आत्महत्या गरेको बताइएको छ ।

    प्रहरीको कार्यदलबाट बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका थिए । केही बेरअघि सो घटना भएको बताइएको छ । यस विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

    एक बर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एक प्रहरी झुन्डिएर आत्महत्या गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार