Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीपत्नी शाक्य र मन्त्री श्रेष्ठद्धारा खोकनाको रुद्रायणी अवलोकन


    सोमबार, मंसिर १५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  •  खोकना ,ललितपुर । प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एतिहासिक नगरी खोकनाको रुद्रायणी मन्दिर अवलोकन गर्नुभएको छ ।

     बिसं २०७२ सालको शक्तिशाली भूकम्पले क्षतिग्रस्त सो मन्दिरको अवस्थाबारे जानकारी लिन र खोकनाको महत्वपूर्ण चाड पुर्णिमा नाच अवलोकन गर्न प्रधानमन्त्री पत्नी शाक्य र मन्त्री श्रेष्ठ खोकना पुग्नुभएको हो ।

     सो अवसरमा प्रम पत्नी शाक्यले रुद्रायणी मन्दिर पुननिर्माण गर्ने विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताउनुभयो । ‘मन्दिरको बाहिरको  अवस्था हेर्दा राम्रो देखिएको छ तर भूकम्पले गर्दा भित्रभित्रै भत्किन थालेको देखियो । मन्दिरका सबै भाग अवलोकनपछि प्रम पत्नी शाक्यले भन्नुभयो । मन्त्री श्रेष्ठले पुरातात्विक र  ऐतिहासिक कला संस्कृतिको नगरी खोकनाको मुख्य रुद्रायणी मन्दिरको तत्काल जीर्णाेद्धार गर्न जरुरी रहेको बताउनुभयो ।

     ‘रुद्रायणी मन्दिर र खोकनाको अवस्थाबारे प्रधानमन्त्रीज्यूले गम्भीर चासो राखेपछि उहाँको धर्मपत्नी र म यस क्षेत्र अवलोकन गर्न आएका हौं–मन्दिर परिसर र खोकनाको पुर्णिमा नाच अवलोकन गरेपछि मन्त्री श्रेष्ठले भन्नुभयो  । उहाँले भुकम्पले क्षतिग्रस्त मन्दिर र अन्य सम्पदा पुननिर्माण गर्ने विषयमा सरकारले तत्काल पहल गर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो–रुद्रायणी मन्दिर क्षतिग्रस्त भएको विषय अत्यन्तै चिन्ताजनक छ, सरकारले यहाँको सम्पदा पुननिर्माण गर्न सरोकारवाला निकायलाई तत्काल निर्देशन दिनेछौं । उहाँले सयौ बर्ष पुरानो इतिहास बोकेको खोकनाको संस्कृति र परम्परा जोगाउन सरकारले सबै सहयोग गर्ने बचन दिनुभयो ।

     फरक प्रसंगमा मन्त्री श्रेष्ठले खोकना र बुङ्मतीको सम्पदामा कुनै समस्या नपर्नेगरी फाष्टट्रयाक निर्माण गरिने बताउनुभयो ।

     स्थानीय डंगोल लगायत फाष्ट ट्रयाक पीडितले प्रधानमन्त्री पत्नी शाक्य र मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराउँदै पत्र बुझाएका थिए । उहाँले खोकनालाई कुनै असर नपर्नेगरी फाष्टट्रयाक निर्माण हुने जानकारी गराउनुभयो ।

    अवलोकनमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

     अवलोकनपछि पुरातत्व विभागका महानिर्देशक गौतमले भूकम्पले क्षतिग्रस्त रुद्रायणीको पुनःनिर्माण गर्ने बताउनुभयो । उहाँले सातौं शताब्दीदेखिको इतिहास बोकेको खोकनाको गुरुयोजना बनाएर सम्पदा संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।

     ‘यो क्षेत्रको तेल मिललाई बचाउनुपर्छ, इतिहास चिनाउने निजी र सार्वजनिक भवनलाई परम्परागत सामग्री प्रयोग गरी निर्माण गरेर संरक्षण गर्नुपर्छ–प्रमपत्नी शाक्य र मन्त्री श्रेष्ठ समक्ष अनुरोध गर्दै उहाँले भन्नुभयो । उहाँले सिमेन्ट प्रयोग गरेर भवन निर्माण गर्दा सम्पदा क्षेत्र संरक्षण हुन नसक्ने बताउनुभयो ।

     लगत्तै मन्त्री श्रेष्ठले खोकनाको सम्पदा विकासको लागि सरकारले सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो । सतप्रतिशत आदिवासी बस्दै आएका यो क्षेत्रको सांस्कृतिक र पुरातात्विक क्षेत्रलाई विकास गर्न सरकार सम्पूर्ण रुपमा तयार रहेको उहाको भनाइ थियो । रुद्रायणी मन्दिर पुननिर्माण गर्न  तत्काल पहल गर्नेछौ–मन्त्री श्रेष्ठको भनाइ थियो ।
     सो अवसरमा ललितपुुर महानगरपालिका –२१ का अध्यक्ष रविन्द्र महर्जनले भूकम्पले क्षतिग्रस्त रुद्रायणी  लगायत खोकनाको सम्पदा पुननिर्माण गर्न प्रमपत्नी शाक्य र मन्त्री श्रेष्ठलाई आग्रह गर्नुभएको थियो ।

     प्रमपत्नी शाक्य र मन्त्री श्रेष्ठले देवता खलकको नाच अवलोकन गर्नुभएको थियो । रुद्रायणी लगायतका सम्पदाको अवस्थाबारे अवलोकन गर्न र पुर्णिमा नाच अवलोकन गर्न नेकपाका नेता एवं पूर्व सांसद सुशीला नेपाल, नेकपा जिल्ला अध्यक्ष हरिकृष्ण ब्यन्जनकार, सचिव एवं प्रदेश सांसद राजकाजी महर्जन,  प्रदेश सांसद जीवन खड्का, ज्ञानेन्द्र शाक्य, पार्टी प्रचार प्रमुख स्वयम्भुराज डंगोल लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार