Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बस दुर्घटनामा किशोरको मृत्यु, १७ जना घाइते


    सोमबार, मंसिर १५ २०७७
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम । अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा साँफेबगर नगरपालिका–३ का १९ वर्षीया नीरज कुँवर रहेका छन् ।

    बस दुर्घटनामा परी घाइते भएका १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल अछाम लगिएको जिल्ला ट्राफिक कार्यालयका ट्राफिक प्रहरी देवेन्द्र खड्काले बताए ।

    उनले भने, “घटनासम्बन्धी अन्य विवरण आउन बाँकी छ ।” घाइतेको टाउको, ढाड तथा हात खुट्टामा बढी चोट लागेको बताइएको छ । बस सडकबाट ५० मिटर तल खसेको थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार