Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक सचिव पदका लागि ३ जनाको नाम सिफारिस


    सोमबार, मंसिर १५ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सचिव बढुवा सिफारिस समितिले तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

    लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले सचिवत्रय डा. कृष्ण प्रसाद आचार्य, पेमनारायण कँडेल र निरु दाहाल पाण्डेको नाम कृषि तथा वन सेवा तर्फ रिक्त एक सचिव (विशिष्ट श्रेणी) पदका लागि सिफारिस गरेको हो ।

    डा. आचार्य उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशका सचिव छन् भने कँडेल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक र पाण्डे प्रदेश नम्बर १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवमा कार्यरत छिन् । आचार्य र कँडेलमध्ये एक जना सचिवमा सिफारिस हुनेछन् ।

    दुई जना बन र एक जना कृषितर्फबाट सिफारिसमा परेका मध्ये कृषिका गोविन्द शर्मा पहिलो नम्बरमा पर्ने भए पनि उनको कार्य सम्पादन मूल्याङ्कन(कासमु) काटिएकोले उनी सिफारिस हुन सकेनन् भने विमल कुमार निर्मल पनि सहसचिवबाट नै घर जाने भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार