Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदका लागि निर्वाचन हुँदै


    सोमबार, मंसिर १५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदका लागि आज (सोमबार) मतदान हुँदैछ । महासंघ सचिवालयका अनुसार साेमबार दिउँसो १२ः ३० बजे कोषाध्यक्ष पदका लागि निर्वाचन प्रक्रिया सुरू हुनेछ ।

    शेखर गोल्छाको नेतृत्वमा आइतवार आएको महासंघको नयाँ नेतृत्वले कोषाध्यक्ष मनोनयन प्रस्ताव गरेको थियो । तर नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पक्षका केन्द्रीय सदस्यहरूले सहमतिबाट कोषाध्यक्ष चयन गर्नुपर्ने माग राखेका थिए ।

    फलस्वरुप निर्वाचन नै गर्ने सहमति भएको थियो महासंघको निमित्त कार्यकारी निर्देशक मीना श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।

    गोल्छा पक्षबाट सकुन्तला हिराचन र ढकाल पक्षबाट डिबी बस्नेतलाई कोषाध्यक्षमा उठाउने तयारी भएकाे महासंघ स्रोतले जानकारी दियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार