Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एम्बुलेन्स दुर्घटनामा बिरामीकाे मृत्यु, तीन जना घाइते


    सोमबार, मंसिर १५ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । माेरङकाे कञ्चनवारीमा एम्बुलेन्स दुर्घटना हुँदा बिरामीको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् ।

    कोशी राजमार्ग खण्डको विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा बिरामी लिएर आउँदै गरेको एम्बुलेन्स किनारमा रोकेर राखेको मालवाहक सवारीमा ठोक्किएर दुर्घटना हुँदा सोमबार बिहान बिरामी सप्तरीे तिलाठी कोइलाडी –२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको हो ।

    सोही एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन । उनीहरु सबैको नोवेल टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

    मोरङ प्रहरीका अनुसार सिकिस्त बिरामी लिएर सप्तरीबाट विराटनगरतर्फ आइरहेको स १ च ११२२ नम्बरको एम्बुलेन्स राजमार्ग किनारमा रोकेर राखेको एनएल ०१ एल ०३३६ नम्बरको भारतीय मालबाहक कन्टेनरमा ठोक्किदा सोमबार राति १ बजे दुर्घटना भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार