Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँच दिनदेखि बेपत्ता युवकको शव झाडीमा भेटियो


    सोमबार, मंसिर १५ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बिराटनगर । पाँच दिनदेखि बेपत्ता सुनसरीका एक युवकको शव फेला परेको छ ।

    दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो ।

    सोमबार बिहान करिब ५ बजे दुहबी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा चौधरीको शव भेटिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएकाे छ ।

    चौधरी १० मंसिरयता बेपत्ता थिए । कक्षा ११ मा अध्ययनरत चौधरीको अपहरण गरी हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

    घटना शंकास्पद भएकाले अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार