Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्दै त्रिभुवन विश्वविद्यालय


    सोमबार, मंसिर १५ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ  । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्नेभएको छ । कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच स्थापित हुन नसकेर लाखौँ विद्यार्थी उच्च शिक्षाको नियमित अध्ययनबाट वञ्चित भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निचोडमा विश्वविद्यालय पुगेको हो ।

    वार्षिक प्रणालीका विद्यार्थी समेट्दै
    विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले मातहतका धेरै क्याम्पसबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सक्ने माग गरिएपछि आफूहरूले त्यसका लागि स्वीकृति दिएको जानकारी दिनुभयो । धेरैजसो काठमाडौँ उपत्यका बाहिरका क्याम्पसले अनुमति पाए कक्षा सञ्चालन गर्न सक्ने जनाएका थिए । जुम्ला, भोजपुरलगायतका धेरै स्थानबाट विश्वविद्यालयका पदाधिकारीलाई यस खालको माग आएको जनाइएको छ ।
    खासगरी विश्वविद्यालय मातहतका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने वार्षिक परीक्षा प्रणाली अन्तर्गतका विद्यार्थी अनलाइनमा जोडिन नसकेका कारण भौतिक रूपमा कक्षा सञ्चालन गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको जनाइएको छ । विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीको अध्ययन गर्ने स्नातक तथा स्नातकोत्तर तहका विद्यार्र्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्नसकेको छैन ।

    कक्षा सञ्चालनका लागि स्थानीय तहसित अनुमति लिनुपर्ने
    विश्वविद्यालय मातहतका क्याम्पसले कक्षा सञ्चालनका लागि स्थानीय तहसित अनुमति लिनुपर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको अवस्थालाई विचार गरी स्थानीय तहबाट स्वीकृति लिएर कक्षा सञ्चालन गर्नुपर्ने निर्देशन विश्वविद्यालयले दिएको छ ।
    कोरोनाको अवस्था जिल्ला र पालिकापिच्छे फरकफरक अवस्था हुने भएकाले स्थानीय तहसित अनुमति लिएर मात्रै कक्षा सञ्चालन गर्न भनिएको शिक्षाध्यक्ष भुसालले
    जानकारी दिनुभयो ।
    राजधानीको पब्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख बलराम थापाले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न विश्वविद्यालयबाट स्वीकृति प्राप्त भएको जानकारी दिँदै उपत्यकामा भने तत्काल सो परिस्थिति नदेखिएको बताउनुभयो । काठमाडौँ बाहिरका कोरोनाको प्रभाव नभएका जिल्लामा भने क्याम्पस सञ्चालन गर्न यसले सहज बनाएको क्याम्पस प्रमुख थापाले बताउनुभयो ।आजको गोरखापत्र दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार