काठमाडौँ । ब्रिटिस एयरवेजको एउटा उडान ९ घण्टाको यात्रापछि त्यही ठाउँमा फर्किएको छ । न्युयोर्क पोस्टका अनुसार बोइङको ७८७-९ ड्रिमलाइनर उडान लण्डनबाट टेक्सास जाँदै थियो । तर, क्यानडाको हवाई क्षेत्रमा पुग्दा विमानले केही प्राविधिक समस्याको सामना गर्यो । त्यसपछि उक्त उडानलाई लण्डन फर्काइएको थियो ।
विमानमा ३ सय यात्रु सवार थिए र सबै सकुशल छन् ।
यो उडान सोमबार (जून १०) बिहान ९:२७ मा लन्डनको हिथ्रो विमानस्थलबाट प्रस्थान गरेको थियो । त्यसपछि ७७७९ किलोमिटरको यात्रा गरी साढे ९ घन्टा आकाशमा बसेपछि साँझ ६ बजेर ५४ मिनेटमा विमान लण्डन फर्किएको थियो ।
सामान्यतया उडानले लन्डनबाट टेक्सास पुग्न १० घण्टा १५ मिनेट लाग्छ । ब्रिटिस एयरवेजले विमानमा सामान्य प्राविधिक त्रुटि भएको जनाएको छ । यसलाई मर्मत गर्ने सुविधा लन्डनमा कम्पनीको सुविधामा मात्र उपलब्ध थियो, जसका कारण यसलाई बेलायत फिर्ता पठाइएको थियो ।
लन्डन फर्कने क्रममा चालक दलले आतंकित यात्रुहरूलाई सुरक्षा त्रुटिका कारण विमान फिर्ता ल्याइएको बताए ।
ब्रिटिस एयरवेजले एक विज्ञप्ति जारी गर्दै यात्रुहरुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ । डेली मेल रिपोर्टका अनुसार एयरलाइन्सले सबै यात्रुहरूलाई टेक्सास जाने अर्को उडानमा सारेको थियो ।
अघिल्लो हप्ता, ब्रिटिश एयरवेजको विमानले हल्याण्डमा आपतकालीन अवतरण गरेको थियो । वास्तवमा, उडान भरेको करिब ९० मिनेटपछि उडानको ककपिट अचानक धुवाँले भरिएको थियो । उक्त विमान लण्डनबाट ओस्लो जाँदै थियो ।
धुवाँ देखिएपछि क्याप्टेनले एयर ट्राफिक कन्ट्रोललाई आकस्मिक अवतरणका लागि सन्देश पठाए । त्यसपछि विमान एम्स्टर्डममा अवतरण भयो । १९० यात्रु विमानस्थलमा अवतरण हुनेबित्तिकै धेरै दमकल र आकस्मिक सवारी साधन त्यहाँ पुगेका थिए । यसपछि आतंकित यात्रुहरूलाई विमानबाट बाहिर निकालेर सुरक्षित स्थानमा पठाइएको थियो।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend