Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजावादीको जुलुसमा नजान सरकारकाे अपील


    आइतबार, मंसिर १४ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको पक्षमा भइरहेका प्रदर्शनमा नजान सरकारले अपिल गरेकाे छ ।

    मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गणतन्त्रको विरोध र राजतन्त्र पुनर्स्थापनाको पक्षमा देशका विभिन्न ठाउँमा भइरहेका प्रदर्शनमा सहभागिता नजनाउन अपिल गरेका हुन् ।

    राजावादीहरुले संविधान र व्यवस्थाविरुद्ध जनतालाई भड्काउन खोजेको भन्दै उनले आपत्ति जनाएका छन् । राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनर्उत्थान र प्रतिक्रियावादीले टाउको उठाउन खोजेको प्रवक्ता गुरुङकाे भनाइ छ ।

    केही समययता देशका विभिन्न ठाउँमा राजतन्त्रका पक्षमा जुलुस निस्किरहेका छन् । राप्रपाले यसमा खुलेरै समर्थन र अगुवाई गरिरहेको छ भने नेकपा र कांग्रेसकै समर्थक पनि यसमा सहभागी भएको पाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार