Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सीमा सुरक्षा र अपराध नियन्त्रमा लाग्न सशस्त्र प्रहरीलाई गृहकाे निर्देशन


    आइतबार, मंसिर १४ २०७७
    630
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । गृह मन्त्रालयले सीमाको सुरक्षा र सीमा क्षेत्र भएर हुने अपराध नियन्त्रणमा सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ । गृह सचिव महेश्वर न्यौपानेले सीमा रक्षाका साथै सीमा अपराध, राजश्व चुहावट, चोरीपैठारी निकासीका गतिविधि नियन्त्रणमा संवेदनशील भएर कार्य क्षेत्रमा खटिन सशस्त्र प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको हो ।

    हालै बाहिनीपतिका रुपमा सरुवा भई त्यसतर्फ जान लागेका सशस्त्र प्रहरीका अधिकृतलाई आज सशस्त्र प्रहरी बल नेपालको मुख्यालय काठमाडौँमा आज आयोजित समारोहमा गृहसचिव न्यौपानेले सशस्त्र प्रहरीका अधिकृत तथा जवानलाई उचित ढङ्गले परिचालन गरी निर्दिष्ट लक्ष्य प्राप्तिमा पूर्ण व्यावसायिक भई खटिन अनुरोधसमेत गर्नुभयो ।

    उहाँले विपद् व्यवस्थापन कार्यमा सशस्त्र प्रहरीले पु¥याएको योगदान र कोभिड–१९ महामारी नियन्त्रण तथा व्यवस्थापनमा पु¥याएको योगदानको खुलेर प्रशंसा गर्नुभयो । शान्तिसुरक्षा कायम गर्ने कार्यमा आइपर्ने विविध सुरक्षा चुनौतीलाई परास्त गर्दै मुलुकको आन्तरिक सुरक्षा कायम राख्न अन्य निकायसँग आवश्यक समन्वयमा नचुक्नसमेत उहाँले आग्रह गर्नुभयो ।

    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल राज्य तथा सङ्गठनले लिएको लक्ष्य प्राप्तिका लागि तथा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् प्रकोप पीडित नागरिकको उद्धारलगायतका जिम्मेवारीमा अहोरात्र खटिएको बताउनुभयो ।

    खनालले गृहसचिवबाट भएका निर्देशनलाई सशस्त्र प्रहरी बलका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीबाट अक्षरश पालना हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । गृह मन्त्रालयले हालैमात्र उपत्यका र विभिन्न जिल्लाका नौजना बाहिनीपतिको सरुवा गरेको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार