Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजश्व छली गरेको आरोपमा दुई जना अपराध महाशाखाकाे फन्दामा


    आइतबार, मंसिर १४ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । राजश्व छलीमा संलग्न रहेको आरोपमा महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । 

    भन्सार छली चोरी निकासी गरी सुनको कारोबार गरेको भन्ने विशेष सूचनाका आधारमा महाशाखाबाट अनुसन्धानमा खटिएको प्रहरी टोलीले सिनामङ्गल र कोटेश्वरबाट उनीहरुलाई पक्राउ गरेको हो । 

    शुक्रबार सिनामङ्गलस्थित गोल्डेन गेट अगाडिबाट रामेछापका गङ्गाबहादुर थापा मगरलाई पक्राउ गरिएको र उनको बयानका आधारमा आज कोटेश्वरबाट कुमार सेन्चुरी पक्राउ परेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उनीहरुलाई थप कारबाहीका लागि आजै राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको  छ । 

    सिनामङ्गलमा शङ्कास्पद अवस्थामा फेला परेका थापासँग रहेको झोला जाँच गर्दा स्रोत नखुलेको रु ११ लाख ८६ हजार फेला पारेको प्रहरीले जनाएको छ । उनीमाथिको अनुसन्धानका क्रममा भन्सार छलेर सुनको बाला ल्याई कोटेश्वरमा रहेको स्काई ज्वलेर्स सञ्चालक सेन्चुरीलाई बिक्री गर्ने गरेको खुलेपछि ज्वेलर्समा पुगेको प्रहरी टोलीले तीन थान सुनको बालासहित उनलाई पनि पक्राउ गरेको  हो ।  

    सोही क्रममा भन्सार छली ल्याइएको एउटा बुलेट मोटरसाइकललाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण पठाइएको महाशाखाले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।
    –––

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार