Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्राउनसुगरसहित दुई भारतीय पक्राउ


    आइतबार, मंसिर १४ २०७७
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । भद्रपुर नगरपालिका–४ स्थित नरसिंह बगानबाट आज प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई भारतीयलाई  पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारत विहार गलगलिया–४ का १९ वर्षीय महमद जबर र  ५९ वर्षीय ऐजुब महमद अली रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

    विशेष सुराकीका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज बिहान ११ः०० बजे पक्राउ गरेको हो । जाँचका क्रममा उनीहरुका साथबाट पाँच ग्राम ब्राउनसुगर फेला परेको उनले बताए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार