Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • परराष्ट्रमन्त्री ज्ञवालीले भने-सरकार विघटन गर्ने सपना कसैले नदेखे हुन्छ


    आइतबार, मंसिर १४ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गुल्मी । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सरकार विघटनको सपना कसैलाई नदेख्न चेतावनी दिएका छ्न् ।  

    आइतबार गृह जिल्ला गुल्मीको सत्यवती गाउँपालिका १ अस्लेवा खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले पार्टीभित्रै किचलो निकालेर अहिलेको सरकार विघटन गर्न खोजिएको आरोप लगाउँदै यो सरकार विघटनको सपना कसैलाई नदेख्न चेतावनी दिएका हुन्।

    अहिलेको सरकार जनताले  आफ्नो अभिमत दिएर बनाएको बताउँदै मन्त्री ज्ञवालीले यो सरकारले राम्रो काम नगरे जनताले नै बिघटन गर्न सक्ने तर अरुलाई त्यस्तो सपना नदेख्न उनले चेतावनी दिए । पार्टीको शीर्ष तहमा भएको आरोप प्रत्यारोपप्रति  मन्त्री ज्ञवालीले असन्तुष्टी जनाउदै आएका छन् ।

    कार्यक्रममा उनले जिल्लाको रुद्रवेणी  ठुलोलुम्पेक सडक पिच गर्न रकम बिनियोजन गर्ने प्रतिबद्धता समेत जनाए । २०७२ सालमा सुरु गरिएको उप्त योजना रकम अभावका कारण अलपत्र रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार