Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बलात्कार घटनामा मिलापत्र गराउने वडाध्यक्ष पक्राउ


    आइतबार, मंसिर १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । बैतडीमा बलात्कारको घटनामा मिलापत्र गराएको आरोपमा एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिगास गाउँपालिका ३ का वडाध्यक्ष शेरसिंह साउद रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय बैतडीले १८ वर्षीया किशोरी बलात्कारको घटनामा मिलापत्र गराएको भन्दै साउदलाई पक्राउ गरेको हो ।

    १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर घटना मिलाइएको थियो । तमसुकमा पीडित पक्षलाई कात्तिक मसान्तभित्र एक तोला सुन दिने भनिएको थियो ।

    बलात्कार जस्तो जघन्य अपराध मिलापत्र गरेर गाउँमै लुकाउने भूमिकामा रहेको भन्दै वडाध्यक्ष साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार