काठमाडौँ । नरेन्द्र मोदीले लगातार तेस्रो पटक भारतको प्रधानमन्त्री बनेसँगै उनको क्याबिनेटको जिम्मेवारी समेत बाँडफाँड गरेका छन् ।
मोदी क्याबिनेटका प्रमुख मन्त्रालयमा पुरानै अनुहार दोहोरिएका छन् भने पहिलो पटक मन्त्री बनेका केहि नेताहरुले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । तर एनडीए गठबन्धनका बिजेपी बाहेकका अन्य दलका नेताहरुले भने महत्वपूर्ण मन्त्रालय पाएका छैनन् ।
एनडीए सरकारमा, मोदी बाहेक, ३० नेताहरूले क्याबिनेट मन्त्रीहरू, ५ नेताहरूले राज्य मन्त्री (स्वतन्त्र प्रभार) र ३६ नेताहरूले राज्यमन्त्रीको रूपमा सपथ लिएका छन् । केही पुराना अनुहारलाई कायम राखेका छन् भने केही नयाँ अनुहारलाई पनि समावेश गरिएको छ । योसँगै भाजपाले आफ्नो गठबन्धन साझेदारहरूलाई पनि मन्त्रिपरिषद्मा राखेको छ। तेलुगु देशम पार्टी, हिन्दुस्तान अवाम मोर्चा, लोक जनशक्ति रामविलास, जनता दल सेकुलर र जनता दल युनाइटेडलाई पनि मन्त्रिपरिषद्मा समावेश गरिएको छ ।
क्याबिनेट मन्त्रीहरु
१- राजनाथ सिंह: रक्षा
२- अमित शाह: गृह र सहयोग
३- नितिन गडकरी: सडक यातायात र राजमार्ग
४- जगत प्रकाश नड्डा: स्वास्थ्य, रसायन र उर्वरक
५- शिवराज सिंह चौहान: कृषि र ग्रामीण विकास
६- निर्मला सीतारमण: वित्त र कर्पोरेट मामिला
७- एस जयशंकर: विदेश
८- मनोहर लाल: आवास र शहरी मामिला र ऊर्जा
९- एचडी कुमारस्वामी: भारी उद्योग र इस्पात
१०- पियुष गोयल: वाणिज्य र उद्योग
११- धर्मेन्द्र प्रधान: शिक्षा
१२- जीतनराम मांझी: लघु, साना तथा मझौला उद्योग मन्त्रालय
१३- राजीव रञ्जन सिंह उर्फ ललन सिंह: पञ्चायती राज, मत्स्यपालन, पशुपालन र दुग्ध व्यवसाय
१४- सर्वानन्द सोनोवाल: बन्दरगाह, ढुवानी र जलमार्ग
१५- डा. वीरेन्द्र कुमार: सामाजिक न्याय र अधिकारिता
१६- किंजरापु राममोहन नायडू: नागरिक उड्डयन
१७ प्रल्हाद जोशी: उपभोक्ता मामिला, खाद्य, सार्वजनिक वितरण, नयाँ र नवीकरणीय ऊर्जा
१८- जुआल ओराओं: आदिवासी मामिला
१९- गिरिराज सिंह: कपडा
२०- अश्विनी वैष्णव: रेलवे, सूचना र प्रसारण, इलेक्ट्रोनिक्स र सूचना प्रविधि
२१- ज्योतिरादित्य सिंधिया: संचार, उत्तर पूर्व विकास
२२- भूपेन्द्र यादव: वातावरण, वन र जलवायु परिवर्तन
२३- गजेन्द्र सिंह शेखावत: संस्कृति र पर्यटन
२४- अन्नपूर्ण देवी : महिला तथा बाल विकास
२५- किरेन रिजिजु: संसदीय मामिला र अल्पसंख्यक मामिला
२६- हरदीप सिंह पुरी: पेट्रोलियम र प्राकृतिक ग्यास
२७- मनसुख मण्डवीय: श्रम तथा रोजगार, युवा तथा खेलकुद मामिला
२८- जी किशन रेड्डी: कोइला र खनन
२९- सीआर पाटिल: जल शक्ति
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend