Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा ५४८ संक्रमित थपिए 


    आइतबार, मंसिर १४ २०७७
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ७ हजार ५९६ जना व्यक्ति संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

    आज देशभर १ हजार २५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ।२४ घण्टामा १ हजार ४०४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ।  

    आज देशभर १७ हजार ९०९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार ४७९ पुगेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार