Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २४ घन्टायता १ हजार ४०४ जना कोरोना संक्रमित संक्रमणमुक्त


    आइतबार, मंसिर १४ २०७७
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    यो सँगै नेपालमा २ लाख १२ हजार ५ सय ९० जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९१ दशमलब ९ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन्। 

    मन्त्रालयका अनुसार ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख २७ हजार ८ सय ३६  जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार ६ सय ३२ जना क्वारेन्टाइनमा छन्। नेपालमा १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार