Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ४ सय ७९ पुग्याे


    आइतबार, मंसिर १४ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १९ जना संक्रमितको मृत्यु भएको थियो। 

    एकै दिन १ हजार २ सय ५५ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ।

    गत २४ घण्टामा ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख २७ हजार ८ सय ३६ पुगेको छ। हाल ६ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार