Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशभर २४ घण्टामा १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण


    आइतबार, मंसिर १४ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ।

    आज देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय ७९ जना संक्रमितको मृत्यु भइसकेको छ।

    आज ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार