Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्यकर्मीद्वारा वीर अस्पतालमा तालाबन्दी


    आइतबार, मंसिर १४ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ ।  वीर अस्पतालका स्वास्थ्यकर्मी एवं कर्मचारीले अस्पतालमा तालाबन्दी गर्ने निर्णय गरेका छन् । जोखिम भत्ता र नियमित तलबको माग गर्दै गत कार्तिक २ गतेदेखि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी एवं कर्मचारीले अस्पतालमा तालाबन्दी गर्ने निर्णय गरेका हुन् । 

    आन्दोलन सुरु गरेको ४२ दिन पुग्दा पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले स्वास्थ्यकर्मचारीको मागलाई सम्वोधन नगरेको भन्दै डिन, निर्देशक, रजिष्ट्रार र रेक्टरको कार्यकक्षमा तालाबन्दी गर्न अस्पतालले बाध्य भइएको अस्पतालका कर्मचारी तथा नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष खुबराज आचार्यले बताए ।

    नेपाल स्वास्थ्यकर्मी संघको आइतबार बसेको बैठकले पदाधिकारीको कक्षमा आजै तालाबन्दी गर्ने निर्णय गरेको अध्यक्ष आचार्यले बताए। अस्पतालमा धर्नासहित, प्लेकार्ड प्रदर्शन गरेर पदाधिकारीविरुद्ध नाराबाजी गरे पनि कुनै सेवा भने अवरुद्ध नगरेका उनले बताए । पदाधिकारीहरुको कक्षमा तालाबन्दी गरे पनि स्वास्थ्य सेवा निरन्तर संचालन हुने उनले उनको भनाइ छ । 

    ४२ दिनयता दैनिक रुपमा अस्पताल परिसरमा स्वास्थ्यकर्मीले धर्नासहित नाराबाजी हुँदै आएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार