Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेलिकप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण


    आइतबार, मंसिर १४ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमडौं । नुवाकोटमा कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट जाेगिएकाे छ।

    बागलुङबाट काठमाडौंका लागि उडेकाे हेलिकप्टर चरासँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेको प्रदेश-३ का प्रमुख डीआईजी बसन्त लामाले जानकारी दिए ।

    हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल रहेका छन्, एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको जानकारी आएको लामाले बताए ।

    चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ ।

    उक्त हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार