Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली प्रहरी पक्राउ


    आइतबार, मंसिर १४ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक नक्कली प्रहरीलाई पक्राउ गरेकाे छ ।

    सुर्खेतकाे सान्नीत्रिवेणी गाउँपालिका-४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी सुर्खेतमा बस्दै आएका २८ वर्षीय बिलबहादुर धामीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

    पक्राउ परेका धामीले प्रहरी हुँ भन्दै ठगी गर्ने गरेकाे प्रहरीले जनाएकाे छ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जनाको टोलीले शुक्रबार बेलुका धामीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेन्द्र भट्टले बताए । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार