काठमाडौँ । नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिने तयारी गरिरहेका बेला मन्त्री बन्ने को चर्चा पनि शुरु भएको छ ।
भारतीय मिडियाका अनुसार सम्भावित मन्त्रीहरुलाई सपथका लागि फोन आएको छ । जसमा चार पूर्व मुख्यमन्त्री राजनाथ सिंह, शिवराज सिंह चौहान, मनोहर लाल खट्टर र कुमारस्वामीको नाम समावेश छ।
यी बाहेक मोदीको दोस्रो कार्यकालमा मन्त्री रहेका नितिन गडकरी, पियुष गोयल, ज्योतिरादित्य सिन्धिया र अर्जुन राम मेघवालले फेरि जिम्मेवारी पाउने पक्का रहेको रिपोर्टमा उल्लेख छ ।
त्यस्तै एनडीए गठबन्धनको महत्वपूर्ण दल टीडीपी सांसद राममोहन नायडू पनि मन्त्री बन्ने बताइएको छ । ३६ वर्षीय राममोहन भारतका सबैभन्दा कान्छो मन्त्री हुनेछन् । त्यस्तै एलजेपी (आर) बाट चिराग पासवान, जेडीयूबाट रामनाथ ठाकुर र ललन सिंह, हामका जीतनराम माझी र अपना दल (एस)की अध्यक्ष अनुप्रिया पटेल पनि मन्त्री बन्न सक्ने रिपोर्टमा बताइएको छ ।
त्यस्तै मनोहरलाल बाहेक राव इन्दरजीत पनि मन्त्री बन्ने सूचीमा रहेका छन् । मन्त्रिपरिषदमा यूपी, राजस्थान र गुजरातको हिस्सा घट्ने विश्वास गरिएको छ ।
नरेन्द्र मोदीले आज साँझ ७: १५ बजे राष्ट्रपति भवनमा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिनेछन् । यसअघि बिहान उनले महात्मा गान्धी र पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सपथ ग्रहण गरेसँगै मोदीले लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने पूर्वप्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको ६२ वर्ष पुरानो कीर्तिमानको बराबरी गर्नेछन् । नेहरू सन् १९५२, १९५७ र १९६२ मा लगातार तीन पटक जितेर प्रधानमन्त्री बनेका थिए । तर, नेहरू सरकारसँग तिनै पटक पूर्ण बहुमत रहेको थियो । मोदीको तेस्रो कार्यक्रल भने गठबन्धनको आधारमा चल्नेछ ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend