Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • म्याग्दीमा जिप दुर्घटना : एक जनाको मृत्यु, ५ घाइते


    आइतबार, मंसिर १४ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • म्याग्दी । म्याग्दीमा जिप दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ। 

    म्याग्दीकाे मंगला गाउँपालिका-२ काफलचोकमा आइतबार बिहान जिप सडकबाट खस्दा सोही स्थानकी ११ वर्षीया करिस्मा केसीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ। 

    जिल्ला प्रहरी कार्यालय म्याग्दीले दिएकाे जानकारी अनुसार बिहान ११ बजेतिर भएको दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् । चालकबाहेक सबै पाँचै यात्रु एकै परिवारका हुन् ।

    सोही वडाको सल्यानतर्फ जाँदै गरेको प्रदेश ०३–००१ च ०२५३ नम्बरको बोलेरो जिप दुर्घटनाग्रस्त भएको हो । घाइतेहरूलाई थप उपचारका लागि सदरमुकाम बेनी पठाउने तयारी भइरहेकाे छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार